पाँचथरमा सुतेकै ठाँउमा एक मजदुरको मृत्यु

 ग्लोबल टिभि      बिहिबार, माघ २७, २०७८      0

माघ २७
पाँचथरको याङवरकमा एक मजदुरको सुतेकै स्थानमा मृत्यु भएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत पॉचथरको याङवरकमा जाजरकोट जिल्लाको नलघाट ३ घर भएका ४९ वर्षीय मानवहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
याङवरक १ च्याङथापुमा रहेको मध्यपहाडी लोकमार्गको कामको फिल्डमा टाँगिएको त्रिपालमुनी सुतेका उनलाई सहकर्मीहरुले मध्यराती मृत अवस्थामा भेटेका थिए । बुधबार सँगै खाना खाएका सहकर्मी लाखापाखा लागेपछि सुत्न भनेर गएका उनलाई नाकबाट रगत बगेको अवस्थामा मृत भेटेको प्रहरीले जनाएको छ ।

जानकारी पाए लगत्तै गएको प्रहरी टोलीले बिहीबार बिहान घट्नास्थलको प्रकृति मुचुल्का उठाइ पॉचचथर अस्पतालमा पोष्टमार्टम गरेपछि जाजरकोट पठाएको जिल्ला प्रहरी कार्यालय पॉचथरले जनाएको छ ।

घट्नाको अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय पॉचथरले जनाएको छ । मृतकको शव आज पोष्टमार्टम गरेपछि जाजरकोट पाठाइएको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *