एम्बुलेन्सले अटोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

 ग्लोवल टि.भी.      सोमवार, माघ ५, २०७७      0

झापामा आज विहान एम्बुलेन्सले अटोरिक्सालाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अटो चालक मोरङ उर्लाबारी नगरपालिका ४ बस्ने ५० वर्षीय देवेन्द्र बुढाथोकी र अटोमा सवार अन्दाजी ४२ वर्षीय सन्तोष श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

पूर्वपश्चिम राजमार्गअन्तर्गत दमक नगरपालिका–४ ताराबारीमा मे १ च १२४६ नम्बरको एम्बुलेन्सले विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०१–००३ ह ६२४ नम्बरको अटो रिक्सालाई विहान ९ बजे ठक्कर दिएको थियो। एम्बुलेन्सभन्दा पछाडी रहेको को ११ प ९५२५ नम्बरको मोटरसाइकल र को २५ प १९३३ नम्बरको स्कुटर पनि दुर्घटनापछि सडकमा पल्टिएको अटोमा ठोक्किएका थिए।

अटोमा सवार सुनसरी इनरुवा ७ का २४ वर्षीय सौजन मगर, दमक नगरपालिका ४ झापाका २० वर्षीय राजन सिलवाल र मोटरसाइकल चालक दमक २ का २८ वर्षीय रमेश पोखरेल घाइते भएका छन्। एम्बुलेन्स चालक दमक ४ बस्ने ५१ वर्षीय गणेश दंगाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनामा तीन जना घाइते भएका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *