ग्लोबल टिभि
0
मकवानपुरको मकवानपुर गढी गाउँपालिका-२ स्थित भालङटारमा सोमबार बिहान एक महिला घरभित्रै मृत फेला परेकी छन् । मृत्युु हुनेमा ४६ वर्षीया श्रीमाया गोले रहेकी छिन्।
घटनाबारे जानकारी पाएलगत्तै घट्ना स्थल पुगेको प्रहरी टोलीले मृतकको श्रीमान ४६ वर्षीय देवराज गोलेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए । घटना संकास्पद देखिएका कारण देवराजलाई नियन्त्रणमा लिएको उनले बताए ।
देवराजलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
Post Views: 1,039
Leave a Reply