लागुऔषधसहित चार जना पक्राउ

 ग्लोबल टिभि           0

झापाबाट दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित चार जना लाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा झापाको दमक नगरपालिका वडा नं. ३ स्थित बेलडाँगी बुद्ध टोलका २० वर्षीय समिर तामाङ र २२ वर्षीय नविन लिम्बु तथा सुनसरीको धरान उपमहानगरपालिका(१७ का २४ वर्षीय अरुण सुब्बा लिम्बु रहेका छन् ।

बुद्धटोलबाट पक्राउ परेका तामाङ र लिम्बुको साथबाट १ ग्राम ६ सय मिलिग्रामसहित ब्राउन सुगर बरामद भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यसैगरी नविन लिम्बु र अरुण सुब्बाको साथबाट ५० ग्राम ब्राउन सुगर बरामद भएको छ । मेची डाँडास्थित सशस्त्र प्रहरी बल बीओपी काँकडभिट्टाबाट खटिएको टोलीले विशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी कानुनी प्रकृया अगाडि बढाइने इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *