‘अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, १५ दिनमा दुई अर्ब घाटा हुने’

 ग्लोबल टिभि      बिहिबार, फाल्गुन ५, २०७८      0

 फागुन ५
नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको भन्दै १५ दिनमा दुई अर्ब घाटा हुने जनाएको छ ।

बुधबार इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नयाँ मूल्य सूची पठाएपछि निगमले विज्ञप्ति जारी गर्दै १५ दिनमा दुई अर्ब घाटा हुने जनाएको हो । विश्वमा कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९० देखि ९६ प्रति ब्यारेल पुगिसकेको अवस्थामा आईओसीले नयाँ मूल्य सूची पठाएको पनि निगमले जनाएको छ । 

आईओसीले पठाएको सूचीअनुसार प्रतिलिटर पेट्रोल ५ रुपैयाँ ६१ पैसा , डिजेल ५ रुपैयाँ ६२ पैसा  र हवाई इन्धनमा ४ रुपैयाँ ९५ पैसाले बढेर आएको निगम जनाएको छ ।

नयाँ मूल्यअनुसार निगमलाई आगामी १५ दिनमा करिब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको पनि निगमले जनाएको छ । निगमले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा करिब २४ अर्ब रुपैयाँ नोक्सानी ब्यहोरेको समेत जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *