ग्लोबल टिभि
मङ्लबार, माघ ६, २०७७
0
मोरङको सुनवर्षीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा पाँच जना विद्यार्थी घाइते भएका छन् । मंगलबार बिहान डाइनियाबाट विद्यार्थी लिएर विराटनगर आउँदै गरेको बस दुर्घटना भएको हो ।
विराटनगरको मेरिल्याण्ड कलेजमा अध्ययनरत विद्यार्थी बोकेको बा २ ख ४५८ नम्बरको बस सुनवर्सी नगरपालिका– ९ स्थित भेडुवाथानमा दुर्घटनामा परेको हो ।
घाइते हुनेहरुमा रतुवामाई नगरपालिका– ३ की १७ वर्षीया रेजिना घिमिरे, १६ वर्षीया श्रद्धा भट्टराई, मनिषा राजवंशी, निशा ताजपुरीया र विशालकुमार मण्डल रहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्काले बताए ।
Post Views: 502
Leave a Reply