प्रजातन्त्र दिवसको अवसरमा आज दिनभर टेलिकमको भीओएलटीई कल निःशुल्क

 ग्लोबल टिभि      शनिबार, फाल्गुन ७, २०७८      0

काठमाडौं -फाल्गुन ७
नेपाल टेलिकमले ७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज दिनभर भ्वाइस ओभर एलटीई अर्थात भोल्टी कल निःशुल्क प्रदान गर्ने भएको छ ।

प्रजातन्त्र दिवसको अवसरमा एमपोसबाट गरिने रिचार्जमा डाटा बोनस उपलब्ध गराउने टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवा आज निःशुल्क उपलब्ध गराउन लागेको हो ।
फागुन ७ गते एमपोसबाट गरिने २०० देखि ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *