रेल्वेको ठेक्कामा इतिहासमाकै ठूलो घोटाला : ३० अर्बको ठेक्का मिलिजुली हजम

 ग्लोबल टिभि           0

काठमाडौँ  – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको रेल विभागले सीमित ठेकेदार सहभागी हुन पाउने गरी ठूलो रकमको ठेक्का निकालेको छ । विभागले काँकडभिट्टा–इनरुवा रेल्वे ट्रयाक निर्माणका लागि निकालेको टेन्डरअनुसार केही निर्माण व्यवसायीले मात्र ठेक्कामा बोलपत्र हाल्न पाउनेछन् ।

अहिले रेलमार्ग निर्माणको काम करिब एक दर्जन ठेकेदार कम्पनी मात्रै सहभागी हुन सक्ने गरी विभागले ठेक्का आह्वान गरेको हो । करिब ३० अर्ब लागत अनुमानको  ५४ वटा ठेक्का निकालेको विभागले सबैमा प्रतिस्पर्धा सीमित गराउने गरी शर्त तोकिदिको छ ।

विभागले निकालेको ठेक्कामा ‘कन्स्ट्रक्सन एक्सपिरियन्स इन एक्टिभिटिज’ अन्तरगत ‘इन्ब्यान्कमेन्ट वर्क’ मा रेल्वे ट्रयाकमा काम गरेको अनुभव अनिवार्य गरेको छ । बितेको १० वर्षभित्रको कुनै एक वर्षभित्रै रेल्वे ट्रयाकमै ५५ हजार २६८ घनमिटर माटो भरेको अनुभव मागिएको छ । नेपालमा रेल्वे ट्रयाकमा यस्तो दरमा माटो भरेको अनुभव भएका कम्पनी करिब एक दर्जनमात्र छन् ।

स्रोतका अनुसार नेपालमा स्वच्छन्द कन्स्ट्रक्सन मात्रै रेल्वे ट्रयाकमा विदेशमा यस्तो योग्यता हासिल गरेको कम्पनी हो । विगतदेखि नै मिलेमतोको आरोप लाग्दै आएका तुँदी, शर्मा, कालिका, लामा र रसुवा कन्स्ट्रक्सनले पनि यो योग्यता पूरा गरेका छन् । यी कम्पनीहरु हालका सांसद जिपछिरिङ लामा, पूर्वसांसद तथा राप्रपाका नेता विक्रम पाण्डे, कांग्रेस नेता मोहन आचार्य लगायतका स्वामित्वका हुन् । नेपालमा विगत १० वर्षयता कुनै नेपाली कम्पनीले रेल्वे ट्रयाक निर्माणको काम सम्पन्न गरिसकेका छैनन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *