ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु

 ग्लोबल टिभि           0

बल्खुमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बल्खु आश्रम मार्गकी ५८ वर्षीया रिता खड्गी रहेकी छिन् ।

ना ७ ख २२०९ नम्बरको ट्याङ्करले बा ५४ प ३०१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा पछाडि सवार खड्गी गम्भिर घाइते भएकी थिइन् । लगत्तै उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा लगिएकोमा मृत्यु भएको काठमाडौं प्रहरीका डीएसपी प्रमेश विष्टले बताए ।

उनका अनुसार स्कुटर चालक श्रीमान जेन खड्गीको सामान्य घाइते छन् । ट्यांकर चालक बाराका जितपुर सिमरा घर भएका ३० वर्षीय सागर लम्साल प्रहरी नियन्त्रणमा छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *