ग्लोबल टिभि
0
सामाजिक सन्जालमा महिलालाई अश्लील भिडियो, फोटो र सन्देश पठाइ यौन उत्पीडन कार्य गर्ने एक युवकलाई नेपाल प्रहरीको साइबर व्यूरोले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सल्यानको साविक कालागाउँ–३ बाल्ले घर भई हाल कुमाख गाउँपालिका वडा नं. ४ सेराडाँडा बस्ने ३६ वर्षीय रमेश शाही भन्ने रवि शाही रहेका छन् ।
उनले एक परिचित महिला साथीलाई फेसबुक म्यासेन्जरमार्फत् अश्लील भिडियो, फोटो तथा सन्देश पठाउने गरेका थिए ।
उनलाई जिल्ला प्रहरी कार्यालय सल्यानको सहयोगमा यही माघ ५ गते पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी बरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए ।
Post Views: 1,203
Leave a Reply