महाराजगञ्जस्थित झाडीमा नवजात शिशु फेला

 ग्लोबल टिभि           0

काठमाडौंको महाराजगञ्ज पवित्रनगरस्थित झाडीमा बुधबार बिहान नवजात शिशु फेला परेको छ ।
नवजात शिशुको अहिले कान्तिबाल अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी प्रमेश विष्टले जानकारी दिए ।

प्रहरीले झाडीमा नवजात शिशु लगेर फाल्ने २० वर्षीय महिलालाई नियन्त्रणमा लिएको छ । महाराजगञ्ज क्षेत्रमा डेरागरी बस्ने महिला अविवाहित रहेको र उनको पनि कान्तिबाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले यसबारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *