गिरीले घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरिसकेका छन् ।
ग्लोबल
मोरङ क्षेत्र नम्वर १ का संघीय सांसद घनश्याम खतिवडाले करूणा राईको बलात्कारपछि हत्या भएको घटनाले आफूलाई मर्माहित बनाएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित मोरङ–काठमाडौं सम्पर्क मञ्चको १३ औं सम्मेलनमा बोल्दै खतिवडाले घटनाका दोषीलाई कडा भन्दा कडा कारवाहीको माग पनि गरेका छन् ।
खतिवडाले भने, ‘जाँते निवासी करुणा राईको बलात्कार पछि भएको हत्याले मलाई मर्माहित बनाएको छ । घटना घटाउने अपराधी जो सुकै होस् उसलाई कानून बमोजिम कडा भन्दा कडा कारवाही होस् ।’
लेटाङ नगरपालिका ८ की ११ वर्षिया करूणा राईको बलात्कारपछि हत्या भएको थियो ।
त्यस्तै खतिवडाले बलत्कार जस्तो जघन्य अपराध र यस्ता अपराधिक क्रियाकलाप नियन्त्रण गर्न सबैले डटेर लाग्नुपर्नेमा जोड पनि दिएका छन् ।
उनले कानूनमै बलत्कारी, हत्यारा, एसिड् प्रहार गर्नेलाई कडा भन्दा कडा कानूनको बन्धनमा बाध्नुपर्ने र त्यसको लागि नेकपा एमाले आफू सरकारमा हुँदा अध्यादेश मार्फत कानून ल्याएको पनि जिकिर गरेका छन् ।
तर, बर्तमान पाँच दलीय ठगहरूको गठबन्धनले ति कानूनलाई निष्किृय बनाईदिएको र अपराधि खुलेआम हिड्ने गरेको आरोप लगाएका छन् ।
लेटाङ आठ जाँते मा.वि कक्षा छ पढने करूणा राईको शव शुक्रबार बाटो नजिक खोल्सामा भेटिएको थियो ।
उनी बुधबार विद्यालय बिदा भएपछि घर तर्फ लाग्दै गर्दा बाटैमा अपहरणमा परेकि थिइन् ।
बुधबारनै उनको बलत्कार भएर हत्या भएको अनुसन्धानमा खटिएका प्रहरीको जिकिर छ ।
यता प्रहरीले ज्यामिरे टोलकी ११ वर्षिया राईको बलात्कारपछि हत्या गरेको आरोपमा ६३ वर्षिय स्थानिय दिपक गिरीलाई पनि प्रहरी पक्राउ गरिसकेको छ ।
गिरीले घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरिसकेको प्रहरीको दाबी छ ।
इलाका प्रहरी कार्यलय लेटाङका प्रहरी प्रमुख रोमन अर्यालले निकै छोटो समयमा अपराधि पक्राउ पर्नु प्रहरीका लागि सफलता रहेको दाबी गरेका छन् ।
प्रहरी प्रमुख अर्थालले भने, ‘घटनाको प्रकृति हेर्दा निज गिरी बाहेक अन्यको संलग्न नरहेको जस्तो देखिएको भएपनि थप अनुसन्धन भने भैरहेको छ ।’
यता स्थानीय र विद्यार्थीहरूले भने शुक्रबार दिन भरनै हत्यारा सार्वजानिक गर भन्दै आन्दोलन गरेका थिए भने विभिन्न संस्थाहरूले विज्ञप्ति मार्फत घटनाको सत्य तथ्य सार्वजानिक गर्न माग गरेका थिए ।
Leave a Reply