तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

 ग्लोवल टि.भी.      बिहिबार, माघ ८, २०७७      0

हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको डक नगरपालिकामा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु एको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक खडक नगरपालिका-११ बनौलीका २१ वर्षीय शिवेन्द्र साह र बीचमा सवार २५ वर्षीय अरविन्द यादव रहेका छन्।

खडक नगरपालिका-११ बनौलीमा पश्चितमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २-०१-००१-प ६१४६ नम्बरको मोटरसाइककल आफैं अनियन्त्रित भई बुधबार राति दुर्घटना भएको सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहले जानकारी दिए ।

घाइते भएका उनीहरुलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै दुवैको मृत्यु भएको प्रवक्ता साहले बताए ।

मोटरसाइकलमा पछाडि सवार खडक नगरपालिका ११ कै २१ वर्षीय सुनिलकुमार चौधरी भने घाइते भएका छन् । उनको टाउको र शरीरको विभिन्न भागमा चोटपटक लागेको छ । उनलाई उपचारका लागि राजविराज पठाइएको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *