लागूऔषध सहित ३ जना पक्राउ

 ग्लोवल टि.भी.      बिहिबार, माघ ८, २०७७      0

मेचीनगर नगरपालिका-६ मेचीपुलबाट २० ग्राम अवैध लागूऔषध खैरो लिसाइलो पदार्थ ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कमल गाउँपालिका-६ बस्ने २० वर्षीय नबराज भट्टराई, इलाम नगरपालिका-९ सुकीलुम्बा बस्ने ५५ वर्षीया नरमाया खाती र उनकै छोरी ३० वर्षीया चन्द्रकला खातीलाई करिब ७ सय ग्राम अवैध लागूऔषध गाँजा सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई लागूऔषध नियन्त्रण व्यूरो काकरभिट्टा र ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो ।बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ईलामबाट खठिएको प्रहरीले उनीहरुको घर तलासी गर्दा उक्त गाँजा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *