काठमाडौं फाल्गुन २४
‘अन्तर्राष्ट्रिय महिला दिवस अर्थात मार्च ८ नेपाल सहित विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।
सन् १९११ देखि मनाउन थालिएको यो दिवस ११० वर्ष पुगेको छ । यस वर्ष सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितताु भन्ने नाराका साथ विभिन्न कार्यक्रम हुँदैछन् ।
सन् १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरिएको थियो । संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुवरी १९०९ मा सर्वप्रथम नारी दिवसको आयोजना गरेको थियो ।
सोशलिस्ट पार्टीले सन १९०८ को अन्तर्र्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुवरी १९०९ का दिन महिला दिवस मनायो ।
१९१७ मा रसियाका महिलाहरूले, महिला दिवसमा गाँस र कपासको लागि हडतालमा जाने निर्णय गरे । यो हडताल पनि ऐतिहासिक थियो। जारले सत्ता छोडे, अन्तरिम सरकारले महिलाहरुलाई भोट दिने अधिकार दियो। अन्ततः ८ मार्च महिलालाई दिवसको रूपमा मनाइन थालियो ।
Leave a Reply