फागु पूर्णिमाको आगमनको संकेत स्वरुप काठमाडौंको बसन्तुपुरमा आज चीर ठह्याइयो

 ग्लोवल टि.भी.      बिहिबार, फाल्गुन २६, २०७८      0

फागुन २६
फागु पूर्णिमाको आगमनको संकेत स्वरुप काठमाडौंको बसन्तुपुरमा आज चीर ठह्याइएको छ ।

बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ आज बिहान ७ बजेको शुभ साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको तीन तले चीर ठड्याएका हुन् ।

चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो । चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ । आज ठड्याइएको चीर पूर्णिमाको रातमा टुँडिखेल पु¥याई दाह गरेपछि होली समाप्त हुन्छ ।

आज पशुपतिनाथ, हनुमान ढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्रांगणमा पनि रंगीचंगी कपडा झुन्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ । यस वर्ष चैत ३ गते पहाडी तथा हिमाली भेगमा र ४ गते तराईमा होली मनाईदैछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.