ग्लोबल टिभि
0
झापामा लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापाको दमक नगरपालिका-८ सेतुमारी सडकखण्डबाट मोरङको रतुवामाई नगरपालिका-२ का २१ वर्षीय कनैया गनगाई र रतुवामाई-८ का २० वर्षीय राजकुमार गनगाई पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट ३६ ग्राम ब्राउन सुगर बरामद भएको झापाका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।
नियन्त्रणमा लिएका दुवै जनालाई जिल्ला अदालत झापाबाट म्याद थप अनुमति लिएर कानुनी प्रक्रिया अगाडि बढाउने उनले बताए ।
Post Views: 995
Leave a Reply