दशैंको सातौं दिन शुक्रबार परम्पराअनुसार घरघरमा फूलपाती भित्रयाइएको छ ।
उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती र अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक फूलपाती भित्राउने चलन छ । यसैक्रममा गोरखाबाट ल्याइएको फुलपाती शुक्रबार विधिपर्वक हनुमानढोका दरबारमा रहेको दसैँघरमा भित्राइएको छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधि अनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ ।
हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दसैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरदेखि जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ ।
यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण स्वास्थ्य सुरक्षाका सावधानी अपनाएर जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको साथमा फूलपाती हनुमानढोका पुराइएको थियो ।
Leave a Reply