ग्लोबल टिभि
0
आफ्नै आमा ७२ वर्षीया लक्ष्मी दरैको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ब्यास नगरपालिका ११ दरैपधेरो बस्ने ३३ वर्षीय प्रेम दरै रहेका छन्।
प्रेमलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो।
मादक पदार्थ सेवन गरेका प्रेमले काठको दाउराले प्रहार गर्दा आमा लक्ष्मीको घटनास्थलमै मृत्यु भएको भन्ने जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी गराएको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Post Views: 1,440
Leave a Reply