उपभोक्ता अधिकार दिवस मनाइयो, नेपालमा भने उपभोक्ता सधै मारमा

 ग्लोबल टिभि      मङ्लबार, चैत्र १, २०७८      0

कविन्द्र तिम्सिना
चैत्र १
‘सुरक्षित र समावेशी विद्युतीय कारोवार, उपभोक्ताको अधिकार’ भन्ने मुल नाराका साथ आज विश्व उपभोक्ता दिवस मनाइएको छ ।

मंगलबार राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा उपभोक्ता अधिकारकर्मीहरूले सरकारले प्रभावकारी काम गर्न नसक्दा आम उपभोक्ताले महंगीको सामना गर्नु परेको बताएका छन् । यस्तै गृह मन्त्री बालकृष्ण खाँणले कानुनको पालना गराउने दायित्व राज्यको भएको बताए ।

‘सुरक्षित र समावेशी विद्युतीय कारोवार, उपभोक्ताको अधिकार’ भन्ने मुल नाराका साथ आज विश्व उपभोक्ता दिवस मनाइएको छ । बजार बजार जस्तो नभएको र उपभोक्ताको अवस्था निरिह रहेको अधिकारकर्मीहरूले बताएका छन् ।

गुणस्तर हिन बस्तु तथा सेवा, अत्याधिक मुल्य वृद्धि हुनुका साथै उपभोक्ता मारमा परेको भएपनि त्यसको सुनुवाई भने हुन सकेको छैन । उपभोक्ता अधिकार स्थापित गर्न नेपालमा उपभोक्ता अदालत गठन हुनुपर्ने अधिकारकर्मीहरुको भनाई छ ।

नेपालमा समेत उपभोक्ता अधिकार दिवसको कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले कानुनको पालना गराउने दायित्व राज्यको भएको र उपभोक्ता हकतिमा उठेका सवाललाई सरकारले गम्भिरतापूर्वक लिने बताए ।

उपभोक्ताको हक हितको पक्षमा आवाज उठिरहेको छ । तर उपभोक्ताको अवस्था नाजुक रहेको उपभोक्ता अधिकारकर्मीहरू बताउछन् । यता सरकारी निकायले भने बजारमा प्रभावकारी अनुगमन भैइरहेको बताउने गरेको छ ।।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *