गुरुङ सहितको टोलिले मन्त्री खाणलाई भेटेर ज्ञापन पत्र बुझाएको हो ।
चैत्र २
महिला अधिकार मञ्च नेपाल प्रदेश १ ले गृहमन्त्री बालकृष्ण खाणलाई ज्ञापन पत्र बुझाएको छ ।
मंगलबार महिला अधिकार मञ्च नेपाल प्रदेश १ सल्लाहकार शान्ति पाख्रिन लामा गुरुङ सहितको टोलीले मन्त्री खाणलाई भेटेर ज्ञापन पत्र बुझाएको हो ।
नेपालमा बढ्दो महिला हिंसा र नाबालिका बलात्कारको घटना देशभर बढिरहेको भन्दै त्यसलाई रोक्न प्रभावकारी कदम चाल्न अनुरोध गर्दै पत्र बुझाइएको छ ।
ज्ञापन पत्रमा दिन–दिनै बलात्कारको घटना बढ्नुले छोरी, महिला झन असुरक्षित भएको र घर छाड्न पनि सकस भएको उल्लेख छ ।
पत्रमा कहिलेसम्म आमा, महिला र छोरी डर र त्रास लिएर बाच्नु पर्ने ? एउटा बालिका स्कुलबाट घर फर्कन सक्दिनन्, खेल्न गएको बच्चाको बलात्कार हुन्छ, कहिलेसम्म सरकार ? भन्दै प्रश्न पनि गरिएको छ ।
जवाफमा गृहमन्त्री खाणले हिंसा र बलात्कार रोक्न सरकारले कदम चालिरहेको र संसदबाट अझ प्रभावकारी कानून पास गराउने प्रकृयाका बारे छलफल भैरहेको जानकारी दिएको सल्लाहकार गुरुङले बताईन् ।
ज्ञापन पत्रको पूर्ण पाठ
श्री माननीय बालकृष्ण खाण ज्यू २०७८/११/३१
गृह मन्त्री
समाजमा बढ्दो हत्या, बलात्कारको खबरहरूले हामी छोरी, महिला र आमा त्रसित छौ । कहिलेसम्म डर र त्रास लिएर बाच्नु पर्ने हामी छोरी, महिला र आमा ? एउटा बालिका स्कुलबाट घर फर्कन सक्दिनन्, खेल्न गएको बच्चाको बलात्कार हुन्छ, कहिलेसम्म सरकार ?
मोरङ लेटाङ नगरपालिका ८ की १२ बर्षिया करुणा राईको बलात्कार पछि हत्या भएको घाउ सेलाउँन नपाउँदै सोहि जिल्ला अन्तरगतको सुन्दरहरैचा नगरपालिका वाड नम्बर ७ बस्ने बर्ष डेढ की करिस्मा मन्डल पनि बलात्कारको सिकारमा परिन । उनलाई खेल खेलाउन भनी लगेर झाडीमा बलात्कार गरि बोतलले हानेर खुनपक्ष पारेर फालिएको हामीले पायौं । मण्डलको उपचारको क्रममा नोवेल मेडिकल कलेजमा मृत्यु भएको छ । यस्तो निर्मम हत्या, बलात्कार गर्ने अभियुक्त भनिएका दुई बालकहरू नै छन् । अब यहाँ प्रश्न छ– बालबालिकालाई हाम्रो समाजले कस्तो नैतिक शिक्षा दिईरहेको छ । अपराघीनै भएपनि बालबालिकालाई हिरासतमा राख्न मिल्दैन । अधिकार हनन हुने हाम्रो कानुन छ । यसरी दुबै पाटो हेर्दा कानूनको संरचनाहरू फितलो देखिन्छ । र कारबाहीको पक्ष त अझ फितलो नै महसुस हुन्छ हामीलाई ।
यस्तो प्रकारको हत्या, बलात्कार हुनबाट बाच्न विशेष गरि सामाजिक संजालमा छ्याप्छ्याप्ति उपलब्ध हुने अनैतिक प्रकारका भिडियो सामाग्रीहरूले प्रभाव पारेको हाम्रो ठहर छ । सरकारले यस्ता नियम, कानून बनाओस् कि युवा नहुदासम्म त्यस्ता भिडियो सामाग्रीबाट टाढा राखियोस् । त्यस्तै बालबालिकामा प्रविधिको पहुँच कति सम्म उपलब्ध गराउने भन्ने मापदण्ड बनाओस् । विध्यालयहरूले अनिवार्य नैतिकता तथा योन शिक्षा पठनपाठन गराओस् । छात्राहरूलाई आत्मरक्षा सम्वन्धी शिक्षा विद्यालयतहबाटै पठन पाठन गराईयोस् ।
मुलुक संघीयतामा गएको छ । संघीयताको सफल अभ्यास पनि भैरहेको छ । सरकार गाउँ–गाउँमा छ । तर, स्थानीय सरकारले नै पनि बलात्कार जस्तो जघन्य अपराध रोक्ने न्युनतम कानून बनाउन सकिरहेको छैन । बोरु टुलुटुलु बलात्कृतको चितकार सन्न र हेर्न बाध्य छ । स्थानीय सरकारले नै पनि चाहाना गर्ने हो भने धेरै हदसम्म बलात्कार घट्ने हाम्रो ठम्याई छ । त्यस्तै अहिलेपनि समाजमा नाबालिक र युवाबीच बिबाह भैरहेको छ । के त्यो चाहिँ बलात्कार होइन र ? स्थानीय सरकारले कम्तिमा युवा र युवतीको बिबाह गर्ने स्वीकृति दिने कानून बनेपनि केहि हद सम्म जानाजना हुँदै आएको अपराघ घट्ने थियो ।
महिला अधिकार मञ्च प्रदेश नम्बर १
सल्लाहकार
शान्ति पाख्रिन लामा गुरुङ
Leave a Reply