सिराहामा शंकास्पद वस्तु फेला, सुरक्षाकर्मीबाट डिस्पोज

 ग्लोबल टिभि           0

जनकपुरधाम । सिरहामाशंकास्पद वस्तु फेला परेको छ। शनिबार मिर्चैया नगरपालिका ५ जिबाखोलाको पुलमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

बिहान पुलमा प्रेसर कुकर बम भेटिए खबर पाएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरी डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक सालिग्राम शर्माले जानकारी दिए ।उनका अनुसार चोहर्वास्थित श्री सेर गणबाट नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलमा पुगेर डिस्पोज गरेको हो ।

प्रहरीले बम नै नभई अरु वस्तु पनि भएको अशांका व्यक्त गरे। शंकास्पद वस्तुको विष्गायमा अनुसन्धान भइरहेको उनले बताए ।

शंकास्पद वस्तु फेलापरेपछि केही समय पूर्वपश्चिम राजमार्गमा सवारी अवरुद्ध भएको थियो । अहिले सवारी आवतजावत सुरु भइसकेको छ।

विपल्वले नेपाल बन्द गरेको हुनाले बम राखेको हुनसक्ने प्रहरीको अनुमान छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *