तीन जना सवार मोटरसाइकल दुर्घटना – एकको ज्यान गयो, दुई घाइते

 ग्लोबल टिभि      शनिबार, माघ १०, २०७७      0

सप्तरी । तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा सप्तरीमा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

जिल्लाको बोदे बर्साइन नगरपालिका २ जोगियास्थित बिसनपुर– बोदे बर्साइन सडक खण्डमा शुक्रबार राति मोटरसाइकल दुर्घटना भएको हो । बिसनपुरबाट बोदेबर्साईनतर्फ जाँदै गरेको ३ जना सवार प्रदेश नम्बर २–०१–००१ प ६४०३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलको बीचमा सबार खडक नगरपालिका ८ का १८ वर्षीय सुदीप चौधरीको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनलाई स्थानीय अस्पतालमा प्राथमिक उपचार गराई यूनिक अस्पताल रायपुरमा लगेर उपचार गराइरहँदा मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता भुवनेश्वर साहले बताए ।

दुर्घटनामा मोटरसाइकल चालक खडक नगरपालिका ८ बस्ने २७ वर्षीय शनी चौधरी र पछाडि सवार १८ वर्षीय दिवेश चौधरीको टाउको र शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका छन् । दुवैको युनिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि दुई दिनमात्रै सप्तरीकै खडक नगरपालिकामा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा दुईजनााको मृत्यु भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *