जन्मदिनको अवसरमा युवा नेताले गरे विपन्नलाई खाद्यान्न सहयोग

 ग्लोवल टि.भी.      शनिबार, माघ १०, २०७७      0

बिकास रौनियार,धादिङ । धादिङका तरुण दलका युवा नेता अजय भण्डारीले बेनिघाट रोराङ गाऊँपालिका वडा नम्बर– ९ मा रहेको विपन्न चेपाङ परिवारलाई खाद्यान्न सहयोग गरेका छन्। गजुरी गाऊँपालिका वडा नम्वर–१ स्थायी घर भएका तरुण दल नेता भण्डारीले रोराङका विपन्न परिवारलाई सहयोग गरेका हुन्।

लकडाउनपछि समस्यामा परेका धादिङ जिल्लाको बेनिघाट रोराङ गाऊँपालिका वडा न. ९ थांचिङका २० घर विपन्न चेपाङ परिवारलाई खाद्यान्न सहयोग गरिएको हो । उनीहरुलाई प्रति परिवार १– १ बोराको दरले चामल हस्तान्तरण गरिएको हे । सहयोग पाएपछि चेपाङ परिवारले खुसी व्यक्त गरे ।

२०४७ साल माघ ९ गते बुबा गोकर्ण भण्डारी र आमा लक्ष्मी भण्डारीबाट जन्मिएका भण्डारी जिल्लामा शालिन र भद्र नेताको रुपमा परिचित छन् । जन्म दिनको अवसरमा ठुला होटलमा केक काटेर पार्टी गर्ने संस्कारलाई मेटाउदै समुदाय स्तरमा सहयोग गरी समाज रुपान्तरणको दियो बन्न सम्पुर्ण युवाबर्गहरुलाई तरुण दल धादिङका नेता भण्डारीले आग्रह समेत गर्नुभएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *