अन्तर व्यवस्थापिका संघको १४ औँ सम्मेलनमा भाग लिन तिमिल्सिना इन्डोनेसिया जाँदै

 ग्लोबल टिभि      शुक्रबार, चैत्र ४, २०७८      0

चैत्र ४
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना अन्तर व्यवस्थापिका संघको १४ औँ सम्मेलनमा भाग लिन इन्डोनेसिया जाने भएका छन् ।

अध्यक्ष तिमिल्सिना अन्तर व्यवस्थापिका संघ तथा इन्डोनेसियाको संसद्को आयोजनामा चैत ४ देखि १० गतेसम्म हुन लागेको अन्तर व्यवस्थापिका संघको १४ औँ सम्मेलनमा भाग लिन इन्डोनेसिया प्रस्थान गर्न लागेका हुन् ।

अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा ९ सदस्यीय प्रतिनिधि मण्डल आज बेलुकी ९ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गर्नेछ । अध्यक्ष तिमिल्सिनाले नेपाल जलवायु परिवर्तनको ठुलो जोखिममा रहेकाले यसका सम्बन्धमा गम्भिरतापूर्वक कुरा राख्ने बताए ।

अध्यक्ष तिमिल्सिनाले गोर्भनिङ काउन्सिलको २०९ औँ सत्रमा पनि भाग लिने कार्यक्रम रहेको छ । प्रतिनिधि मण्डलमा राष्ट्रिय सभा सदस्य भैरव सुन्दर श्रेष्ठ, अनिता देवकोटा तथा प्रतिनिधि सभा सदस्यहरु सुरेन्द्रकुमार कार्की, उमाशंकर अरगरिया रहेका छन् ।

त्यस्तै संघीय संसद्का महासचिव डाक्टर भरतराज गौतम, राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाल, राष्ट्रिय सभा अध्यक्षको प्रमुख स्वकीय सचिव गोविन्द अकेला र उपसचिव रेखा उपाध्याय पनि प्रतिनिधिमण्डलमा रहने संसद् सचिवालयले जानकारी दिएको छ । संसदीय प्रतिनिधि मण्डल चैत्र ११ गते शुक्रवार बेलुकी ८ः४५ बजे नेपाल फर्किने संघीय संसद् सचिवालयले जनाएको

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *