ग्लोबल टिभि
आइतवार, माघ ११, २०७७
0
बलात्कार गरेको आरोपमा प्रहरीले रामेछाप मन्थली नगरपालिका वडा नम्बर १० का ५१ वर्षीय वडाध्यक्ष भरतबहादुर बोहरालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय रामेछापको टोलीले उनलाई शनिबार मन्थलीको चनखुबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज ढुङ्गानाले बताए।
वडाध्यक्ष बोहराविरूद्ध चिनजानकी ३३ वर्षीया महिलाले गत सोमबार महानगरीय प्रहरी वृत्त, ठिमीमा जाहेरी दिएकी थिइन्। जाहेरीको आधारमा जिल्ला अदालत भक्तपुरबाट वडाध्यक्ष बोहराविरूद्ध पक्राउ पूर्जी जारी भएको थियो।
ती महिला मध्यपुर ठिमी नगरपालिका-३ स्थित एक घरमा डेरा गरी बस्ने गरेको उनले बताए।
वडाध्यक्ष बोहरामाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
Post Views: 525
Leave a Reply