नेपाल–चीन सिमास्तम्भको जिपिएस कोर्डिनेट सार्वजनिक गर्नुपर्ने माग राख्दै नापी बिभागमा धर्ना

 ग्लोबल टिभि      आइतवार, माघ ११, २०७७      0

नेपाल–चीन सिमास्तम्भहरुको जिपिएस कोर्डिनेट सार्वजनिक गर्नुपर्ने माग राख्दै राष्ट्रिय एकता अभियानले काठमाडौंस्थीत नापी बिभागमा धर्ना दिएको छ ।
नेपाल–चीन सीमामा स्थित दुई देशको सीमा छुट्याउने स्तम्भ नम्बर ११ र १२ को जीपीएस कोर्डिनेट सार्वजनिक नगरिएको भन्दै अभियानले आइतबारदेखि तीन दिनसम्म बिभागमा धर्ना दिने जनाएको छ ।

अभियानका संयोजक विनय यादवले सिमानाको विषय उल्लेख गरेर सूचना मागे पनि अझै सुचना नदिएको र सार्वजनिक पनि नगरिएकाले धर्ना दिएको बताएका छन्। नेपाल–चीन सीमा स्तम्भहरूको पछिल्लो सुपरीवेक्षण कुन मितिमा भएको थियो लगायतका बिषय पनि सार्वजनिक गर्नुपर्ने उनको भनाई छ ।

सीमा स्तम्भहरूको सुपरीवेक्षण अनुसार कुन कुन सीमा स्तम्भ भेटिएको भन्ने जानकारी पनि सार्वजनिक गर्नुपर्ने अभियानको भनाई छ । अभियानले सीमामा सुरक्षाको उचित व्यवस्था गर्न पनि माग गरेको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *