जगत नेपाल सल्लाहकार सम्पादकमा नियुक्त

 ग्लोवल टि.भी.      आइतवार, माघ ११, २०७७      0

काठमाडौं । वरिष्ठ पत्रकार जगत नेपाल ग्लोबल टेलिभिजन एचडीमा आवद्ध हुनु भएको छ । विगत साढे दुई दशक देखि पत्रकारितामा सक्रिय नेपाललाई टेलिभिजनका अध्यक्ष सुरेश काफ्लेले औचापरिक रुपमा स्वागत गर्नु भएको हो । नेपालले सल्लाहकार सम्पादकको जिम्मेवारी सम्हाल्नु हुने छ ।

उहाँसंग कान्तिपुर टेलिभिजनमा राजनीतिक व्युरो प्रमुख र समाचार संयोजकको रुपमा काम गरेको अनुभव छ । त्यस अघि उहाँ साप्ताहिक विमर्श, रेडियो नेपालसंग आवद्ध हुनुहुन्थ्यो । नेपाल त्रिभुवन विश्वविद्यालयमा पत्रकारिता विषयको उप प्राध्यापक हुनुहुन्छ । पत्रकारिताको अतिरिक्त लेखनमा समेत स्थापित उहाँका बीपीको विद्रोह, पहिलो संसद बीपी महेन्द्र टकराव र आफ्नै कुरा लगायतका चर्चित पुस्तक प्रकाशित छन् ।

सल्लाहकार सम्पादक नेपालले ग्लोवल टेलिभिजनलाई लोकप्रिय च्यानलका रुपमा स्थापित गर्न आफ्नो क्षमता र अनुभवका आधारमा काम गर्ने वताउनुभयो ।

नेपाललाई स्वागत गर्दै अध्यक्ष सुरेश काफ्लेले नेपाली टेलिभिजनको क्षेत्रमा ग्लोवल टेलिभिजनको छुट्टै पहिचान बनाउन पत्रकार नेपालको आवगमनले सहयोग पुग्ने धारणा राख्नु भयो ।
निर्देशक प्रकाश भण्डारीले टेलिभिजन पत्रकारितालाई नयाँ उचाईमा पु¥याउन नेपाललाई शुभकामना दिनु भयो ।

प्रशासन प्रमुख जानुका बरालले व्यवशायिक पत्रकारिताको क्षेत्रमा स्थापित नेपाललाई टेलिभिजनमा आवद्ध गराउन पाउदा खुसी लागेको वताउनु भयो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *