सरकारले २५ हजार बढिलाई प्राविधिक तालिम दिने

 ग्लोबल टिभि      सोमवार, चैत्र ७, २०७८      0

चैत ७

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना ईभेन्ट दोस्रोले काठमाडौं उपत्यका भित्रभौचरमा आधारित छोटो अवधिको तालिम सञ्चालन गर्ने भएको छ । प्राविधिक तालिमको पहुँच बढाउन तालिम शुरु गरिएको परियोजनाले जनाएको छ ।

प्राविधिक तालिमको पहुँच बढाउन र प्रबिधिक शिक्षाको अवसर प्रदान गर्न सरकारले स्थापना गरेको इभेन्ट परियोजना दोस्रोले काठमाडौं उपत्यका भित्र १६ देखि ६० बर्ष उमेर समुहका दलित, मधेशी, मुिश्लम, सिमान्कृत, विपन्न महिला तथा पुरुषलाइ निशुल्क तीन महिने तालिम दिने भएको छ ।

सिटिइभीटि बाट मान्यता लिएर संचालनमा रहेका ६२ बटा तालिम केन्द्र बाट उक्त तालिम संञ्चालन हुने भएको हो ।तीनै तहका सरकार बाट सञ्चालन हुने यस्ता तालिमहरूलाई व्यबस्थित गरेर एक द्धार पद्धति बाट व्यबस्थित गरेर लैनानु पर्ने नेपाल तालिम तथा रोजगार व्यबसायी महासंघका अध्यक्ष अच्युत नेपालले बताए ।

यो वर्ष तीन महिनाको तालिम सञ्चालनका लागि विभिन्न ६२ बटा तालिम तथा रोजगार प्रदायक संस्था छनोट भएका छन । यो बर्ष भौचर परियोजना अन्र्तगत पाँच हजार जना १६ देखि ६० बर्ष उमेर समुहका विपन्न, दलित, मधेशी, मुिश्लम, सिमान्कृत, विपन्न महिला तथा पुरुषलाइ तालिम प्रदान गरिने जनाइएको छ ।

परियोजनाका अनुसार २३ हजार व्यक्तिले तालिम लिन फर्म भरेकोमा यो बर्षका लागि ७ हजार ७ सय ९२ जना छनोट भएका छन् । इभेन्ट परियोजना अन्र्तगत सन २०१७ देखि २०२२ सम्म २५ हजारलाई तालिम दिइने लक्ष्य छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *