बलात्कार गरेको आरोपमा प्रहरी जवानसहित दुईजना पक्राउ

 ग्लोबल टिभि           0

रुपन्देहीको कञ्चन गाउँपालिकामा सामुहिक बलात्कार र नग्न फोटो सार्वजनिक गरेको आरोपमा एक प्रहरी जवानसहित दुईजना पक्राउ परेका छन्।

गत कात्तिक २३ गते कञ्चन गाउँपालिका ४ भैसाहीमा दुईजना दिदी बहिनीसँगै बसेको बेला एक जनामाथि सामुहिक बलात्कार भएको थियो।

अर्को एक जनाको नग्न फोटो खिचेका थिए। उक्त घट्नामा चारजना विरुद्ध जाहेरी परेको र त्यस मध्ये दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रविण पोखरेलले जानकारी गराएका हुन्।

पक्राउ परेका कपिलवस्तुको बाणगंगा नगरपालिका घर भएका प्रहरी जवान विशाल शर्मा र सोही ठाउँका गुरुचरण चौधरीमाथि अनुसन्धान थालिएको एसपी पोखरेलले बताए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *