चैत १०- एमाले नेता रामेश्वर फुँयाललाई स्थानीय जनताले ¥याख¥याख्ती पारेका छन् । बाग्मती प्रदेश सरकारमा भौतिक पूर्वाधारमन्त्री समेत बनेका फुँयालले उनकै निर्वाचन क्षेत्रमा ७ वर्षदेखि धुलाम्य सडक पिच नगरेको भन्दै जनताले विरोध गरेका हुन् । काठमाडौंको थलीका स्थानीयले प्रदेश सांसद समेत रहेका फुँयाललाई घेरा हालेका हुन् ।
प्रदेशसभा सदस्य चुनाव जितेका रामेश्वर फुँयाललाई उनकै जनताले ¥याख¥याख्ती पारे । बागमती प्रदेश सरकारमा केही समय भौतिक पूर्वाधारमन्त्री समेत बनेका फुँयालले स्थानीय धुलाम्य सडक पिच गर्न पहल नगरेको भन्दै घेरा हालेका हुन् ।
फुँयाल नेकपा एमालेका सामान्य नेता मात्रै होइनन्, उनी संविधानसभामा समेत सदस्य निर्वाचित भएका थिए । त्यसबाहेक एमाले काठमाडौंको जिल्ला अध्यक्ष समेत भइसकेका नेता हुन् । तर उनले आफ्नै निर्वाचन क्षेत्रको सडक भने ७ वर्षदेखि कालोपत्रे गर्न सकेनन् । जसका कारण उनी आफ्नै गाउँमा आफ्नै मतदाताको घेरामा परेका हुन् ।
चुनावका बेला मतदाताको घरघरमा नेता पुग्ने गरेपनि चुनावपछि भने अर्को चुनावअघि फर्केर नआउने प्रवृत्ति नेपालमा मौलाउँदै गएको छ । जसका कारण मतदाताले आफ्नै जनप्रतिनिधिप्रति आक्रोश व्यक्त गर्न थालेका छन् । त्यसकै प्रमाण हो, फुँयालमाथि जनताले गरेको व्यवहार । र यो शुरुवात मात्रै भएको मान्न सकिन्छ । किनकि ५ वर्षअघि भएको चुनावमा अनेक आश्वासन बाँडेका नेताहरुले आफ्नै बाचाअनुसारको काम गर्न सकेका छैनन् । त्यसैले उनीहरु असुरक्षित समेत हुने अवस्था देखिएको छ ।
Leave a Reply