ग्लोबल टिभि
0
बिकास रौनियार,धादिङ। मिस एण्ड मिसेस धादिङ बनाइदिने प्रलोभन देखाउँदै ३ लाख ठगी गरेको आरोपमा आयोजक मध्येका दुईजना पक्राउ परेका छन् ।
धुनबेसी नगरपालिका वडा न. ७ खानिखोलामा संचालित मिस धादिङको प्रतियोगितामा ३ लाख दिए जिताइने भन्दै ठगि गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुपा थापाले बताउनु भयो ।
पक्राउ पर्नेमा इलामका कमल खतिवडा र ललितपुरका हिमाली सुब्बा रहेका छन् ।
उनीहरुलाई शनिबार राती नगद रु ३ लाख रुपैयाँको चेक लिंदै गर्दा धादिङको धार्केबाट स्थानीयहरुले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । पछिल्लो समय ब्यूटि प्याजेन्टको उपाधि जिताइदिने भन्दै ठगी हुने र यस्ता प्रतियोगितामा आर्थिक लेनदेन हुने गरेको जनगुनासो समेत सुनिदै आएको छ ।
Post Views: 1,699
Leave a Reply