ग्लोबल टिभि
0
बारामा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अन्दाजी ५० वर्षीय परिचय नखुलेका पुरुष रहेका छन्। उनी मागेर हिँड्ने मानिस रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
पूर्वपश्चिम राजमार्ग अन्र्तगत बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ आदाभार जंंगलमा उनलाई बिहान नम्बर नखुलेको गाडीले ठक्कर दिएको हो ।
दुर्घटनामा मानिसको मृत्यु भएको जानकारी बिहान ५ बजे पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Post Views: 1,052
Leave a Reply