कोही भोको छैन भन्ने प्रधानमन्त्री ओलीको वाणी झुटो ,एक महिनामा सडकमा आश्रय लिएका ६ सयको उद्धार

 ग्लोबल टिभि           0

विकास रौनियार, धादिङ । प्रधानमन्त्री केपी शर्मा ओली र उनले नेतत्व गरेको सरकारको दृष्टिमा नेपालमा कोही भोको छैन, कोही नाँगो छैन, अझै भन्ने हो भने त एउटा पनि सडकमा बस्ने व्यक्ति छैनन् तर यथार्थ भने त्यस्तो रहेछन् छ । एउटा सामाजिक संस्था मानव सेवा आश्रमले गरेको एक महिनाको उद्धारले नेपालमा धेरै भोका नाङ्गा भएको देखाएको छ । मानव सेवा आश्रमले एक महिनाको अवधिमा  मात्रै देशका विभिन्न भागबाट ६ सय बढी सडकमा आश्रय लिएर बाँचिरहेकाहरुको उद्धार गरेपछि सरकारको दाबी झुटो भएको पुष्टि भएको छ ।

गएको पुस सात गते देखि मानव सेवा आश्रमले सडकमा आश्रयलिइरहेका सडक मानवको उद्धार सुरु गरेको थियो । यो संस्थाले सडक पेटीमाबस्ने व्यक्तिहरुको उद्धारका लागि मेची -महाकाली अभियान दिएर पूर्वको मेची देखि यो अभियान सुरु गरेको थियो । पूर्वको मेचीबाट सुरु भएको अभियान पश्चिमको महाकाली सम्म पुगी सकेको र यस बीचमा ६ सय भन्दा बढी सडक पेटीमा बस्नेहरुको उद्धार गरिएको मानव सेवा आश्रमका अर्जुन भुसालले जानकारी दिए । परिवारबाट अपहेलित भएर सडकको बास भएका असायह, अशक्तहरुको उद्धार का लागि  मावन सेवा आश्रमले बिगत ८ वर्ष देखि यो अभियान सुरु गरेको भुसालको भनाइ छ । २ हजार ७८ साल भित्र नेपाललाई सडक मानव मुक्त देश बनाउने अभियान अन्तर्गत मेची महाकाली अभियान सुरु भएको पनि भुसालले जानकारी दिए ।

विभिन्न जिल्ला हुँदै शुक्रुवार मेची–महाकाली अभियान धादिङ आइ पुगेको छ । जिल्लामा रहेका सडक मानवको पनि उद्धार गरियो । त्यस्तै रसुवा, नुवाकोट,सिन्धुपाल्चोक, काभ्रे,सिन्धुली लगायतका जिल्लामा पनि संगै उद्धार भैरहेको अभियानले जानकारी दिएको छ । उद्धार गरिएका व्यक्तिहरुलाई काठमाडौं उपत्यकामा रहेका मानव सेवा आश्रमका राखिने संस्थका उपाध्यक्ष धर्मप्रसाद पौडेलले जानकारी दिए ।

उद्धार गरिएकाहरुलाई आवश्यक सरसफाई गरी  संस्थामा राखिने उनको भनाइ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *