स्वदेश फर्किए माउन्ट केटु आरोही टोली

 ग्लोबल टिभि           0

माउन्ट केटु सफलतापूर्वक आरोहण गरेर दश सदस्यीय नेपाली आरोहण टोली स्वदेश फर्किएको छ।
आरोही निर्मल पुर्जासहितको नेपाली आरोहण टोली मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन्।

उनीहरूले गत माघ ३ गते माउन्ट केटुको सफल आरोहण गरेका थिए।

आठ हजार ६ सय ११ मिटर उचाइको केटु हिमालमा हिउँद याममा अहिलेसम्म कसैले पनि आरोहण गरेका थिएनन्। नेपाली १० जना आरोहीले सफलतापूर्वक यो कार्य सम्पन्न गरेका छन्।

नेपालका निर्मल पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले केटु आरोहण गरेका हुन्।

दश आरोहीमध्ये मिङ्मा जी शेर्पाले अक्सिजनविना नै आरोहण गरेका थिए। सुरूमा तीन वटा समूहमा विभाजित पर्वतारोही अन्तिममा एकसाथ शिखर पुगेका थिए।

चुचुरोको सय मिटर तल भेला भएर सबैजनाले एकैपटक चुचुरोमा पाइला टेकेका थिए।

विश्वकै दोस्रो अग्लो माउन्ट केटु हिमाल पाकिस्तानमा छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *