ग्लोबल टिभि
0
बाराको जितपुर सिमरा उपमहानगरपालिका–९ छातापिपरास्थित सवारी दुर्घटनामा परी एक जना पैदल यात्रुको मृत्यु भएको छ। मृत्यु हुनेमा खोटाङ बस्ने ३६ वर्षीय लाल बहादुर पाण्डे रहेका छन्।
बा.३ क ३७३६ नम्बरको मिनी ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पाण्डेको उपचारको क्रममा नारायणी अस्पताल वीरगञ्जमा उनको राति ८ः१० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेको छ ।
Post Views: 1,145
Leave a Reply