टुँडिखेलमा कैयौं घोडासहित जात्रा,ललितपुरमा भने एकल घोडेजात्रा

 ग्लोबल टिभि      शुक्रबार, चैत्र १८, २०७८      0

एलिसा ढुंगाना,चैत्र १८-आज चैत्र कृष्ण औंसी । अर्थात घोडेजात्रा । काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले विषेश समारोह गरेर जात्रा मनाएको छ ।

सेनाले जात्रामा धेरै घोडाको प्रयोग गर्ने गर्छ । तरललितपुरमा भने एउटा मात्रै घोडालाई शहर परिक्रमा गराए जात्रा मनाइएको छ । मल्लकालदेखि शुरु भएको एकल घोडेजात्रा ललितपुरको प्राचिन जात्रामा समेत पर्छ ।

यो दृष्य हो । ललितपुरमा मनाइएको घोडेजात्राको । जहाँ एउटामात्रै घोडामाथि चढेर जात्रा मनाइएको छ । मल्लकालिन राजा सिद्धिनरसिंह मल्लका बाबु शिभसिंह मल्लका पालादेखि ललितपुरमा एकल घोडे जात्रा शुरु भएको किंवदन्ती छ । पछिल्लो समय भने ललितपुर महानगरपालिकाको वडा नम्बर १२ को वल्खु चिवाचा स्थित च्योः खलः गुठीले एकल घोडेजात्रासञ्चालन गर्दै आएको छ । ललितपुर जिल्लाको प्रचलित जात्राहरु मध्येको एकल घोडेजात्रालाई प्राचीन जात्राका रुपमा समेत लिने गरिएको छ ।

किंवदन्तीका अनुसार परापूर्वकालमा उपत्यकाको मानव वस्तीमा राक्षसलेबालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको थियो । तर राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडेजात्रा मनाउने गरिएको हो । लतिलपुरमा मनाइएको एकल घोडेजात्राको अघिल्लो दिन चैत कृष्ण चर्तुदशीलाई पिसाच चर्तुदर्शीका रुपमा मनाइने गरेको छ ।

त्यसैदिन पाटनको भिमसेन मन्दिरमा राँगाको बलि दिएर पुजा गरि एकल घोडे जात्राको सुभारम्भ गर्ने प्रचलन छ ।घोडेजात्राका दिनमा भने सिंहदरबारबाट सरकारले एउटा घोडा पाटनको च्योः खलः गुठीलाई पठाउँने गरेको छ । मल्लकालिन समयमा राजाका सबैभन्दा नजिकका नेवार समुदायका महर्जन थरका सुसारेले मात्रै घोडाको जिम्मा लिने र विधिवत रुपमा पुजाआजा गर्ने प्रचलन थियो ।

त्यही प्रचलनअनुसार अहिले समेत पाटन दरवार क्षेत्रबाट निकालिएको घोडालाई रैथाने बस्ति चिवाचामा पु¥याएर बालकुमारी मन्दिरमा लैजाने र मन्दिरलाई तिन पटकसम्म परिक्रमा गराउने चलन छ । घोडामा सवार व्यक्तिलाई सगुनका रुपमा पान खुवाएर जात्रा सम्पन्न गर्ने प्रचलन रहेको छ । जात्रा सम्पन्न भएपछि भने घोडालाई पुन सरकारको जिम्मा लगाएर पठाउने गरिन्छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *