लुटपाटमा संलग्न २ जना पक्राउ

 ग्लोवल टि.भी.      मङ्लबार, माघ १३, २०७७      0

सुनका गरगहना समेतका धनमाल लुटपाटमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दरबारमार्गस्थित आधिँखोला दोहोरी साँझमा काम गर्ने बझाङ जयपृथ्वी नगरपालिका-१ घर भई नयाँबानेश्वर बस्ने २१ वर्षीय सुनिल बहादुर सिंह र सोही दोहोरी साँझमा चालकको काम गर्ने सिन्धुपाल्चोक साँगा चोकगढी घर भई हाल कोटेश्वर बस्ने ३४ वर्षीय कृष्ण बहादुर श्रेष्ठ रहेका छन् ।

काठमाडौं स्युचाटार बस्ने ४२ वर्षीय पुरुषको माघ १० गते राति धनमाल लुटपाट भएको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट करिब सवा ३ तोलाको १ थान सुनको सिक्री, करिब २ तोलाको १ थान सुनको औठी, हात्तीको पुच्छर भएको करिब साढे १ तोलाको १ थान सुनको ब्रासलेट र उक्त दोहोरी साँझको बा.३ च ६६४९ नम्बरको मारुती कार प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *