कसरी भयो नेपालमा पेट्रोलको हाहाकार ?

पम्पमा लाइन

 ग्लोबल टिभि           0

सुश्मिता चैत १९- पेट्रोलियम ढुवानी व्यवसायीहरुले सरकारले माग पुरा नगरेको भन्दै पेट्रोलियम प्रदार्थको विक्री वितरण ठप्प गर्र्ने चेतावनी दिएपछि त्यसको असर उपभोक्तासम्म पुगेको छ ।

काठमाडौंसहित देशका विभिन्न स्थानमा पेट्रोल र डिजेलका लागि लाइन शुरु भएको छ । लाइन लाग्नेहरुले घण्टौसम्म लाइन बस्दा समेत पेट्रोल नपाएको गुनासो समेत गरेका छन् ।

पेट्रोलिय व्यवसायीहरुले कमिशन बढाउनुपर्ने माग गर्दै इन्धनको आयात र विक्रि रोकेपछि त्यसको असर देखि थालेको छ । पेट्रोल पम्पहरुमा सर्वसाधारणको लाइन लाग्न थालेको छ । तर घण्टौ लाइनमा बस्दा समेत तेल नपाउने स्थिती बनेको छ ।

त्यसोत पेट्रोलियम पदार्थको आपूर्ति रोक्ने व्यवसायीहरुको कानूनविपरितको घोषणामा सरकार अनदेखा गरिरहेको छ । सरकारले चासो नदिदा त्यसको सिधा असर उपभोक्तासम्म पुगेको छ ।

रुस र युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मुल्य बढेको र त्यसको असर नेपाल समेत परेको एकातिर त अर्कातिर फेरी मुल्य बढ्नसक्ने शंकाका भरमा सर्वसाधारणले तेलको स्टक समेत गर्न थालेका छन् । तर उनीहरु आफै भने सरकारलाई दोषी देखाइरहेका छन् ।

व्यवसायीहरुले विभिन्न माग राख्दै आन्दोलन गरेको यो नै पहिलोपटक होइन । यसअघि पनि उनीहरुले विभिन्न माग राखेर आन्दोलनको घोषणा गर्दै आएका थिए । तर सरकारले भएकै ऐनअनुसार कुनै पनि कारबाही नगर्दा उनीहरुको मनोबल झन् बढेको देखिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *