बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

 ग्लोबल टिभि           0

चितवनमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलका चालक सोलुखुम्बु टापटिङ-५ बस्ने २४ वर्षीय अनिल मगर र मोटरसाइकल पछाडि बसेका सुनसरीको धरान-९ का २० वर्षीय गौरव राई रहेका छन् ।

रत्ननगर नगरपालिका-१० हरिहर मन्दिर अगाडि सडकमा बा.२ ख ५६७४ नम्बरको सनराइज बोर्डिङ स्कुलको बसले बा.९२ प ५२०४ नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठक्कर दिँदा दुवैजना गम्भीर घाइते भएका थिए ।

घाइते दुवैजनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *