यूउट्युव र सामाजिक सञ्जाल मार्फत चर्चामा आएका अर्जुन विक पक्राउ, जबरजस्ती करणी गरेको आरोप

 ग्लोबल टिभि           0

काठमाडौँ। यूउट्युव र सामाजिक सञ्जाल मार्फत चर्चामा आएका अर्जुन विक पक्राउ परेका छन् । छोरालाई पिठ्युमा बोकेर रिक्सा चलाएको फोटो सामाजिक संजालमा सार्वजनिक भएपछि भाइरल बनेका अर्जुन बिक पक्राउ परेका हुन् ।

उनलाई जबरजस्ती करणी, अपहरण र शरीर बन्धकका अभियोगमा पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अदालतले पक्राउ पुर्जी जारी गरेपछि गत ८ गते अर्जुनलाई काठमाडौंबाट पक्राउ गरेर कैलाली लगिएको हो ।

अर्जुनविरुद्ध गत भदौ ११ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा अभियोग दर्ता भएको थियो ।

१३ वर्षीया बालिकालाई अपहरण गरी शरिर बन्धक बनाई अर्जुनले २०७३ जेठ ३० गते काठमाडौं महानगरपालिका १० देवीनगरस्थित कोठामा डर, धाक, धम्की दिई जबरजस्ती करणी गरेको आरोप लगाइएको छ ।

उनी उपर जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *