कोटेश्वर सेकुवा कर्नरमा आगलागी

 ग्लोवल टि.भी.      बुधबार, माघ १४, २०७७      0

काठमाडौंको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा आगलागी भएको छ। आगलागी हुँदा करिब २० लाखको क्षति भएको प्रहरीले जनाएको छ ।

कोटेश्वर चोकबाट महादेवस्थान मन्दिर जाने बाटोमा पर्ने सेकुवा कर्नरमा गएराति साढे ११ बजे आगलागी भएको हो । तीनवटा दमकलको सहायताले प्रहरी र स्थानीय मिलेर राति साढे १२ बजे आगो नियन्त्रणमा लिएका थिए ।

जस्ताको टहरोमा सन्चालित सो सेकुवा कर्नर धिरज राईले सन्चालन गर्दै आएका थिए । सेकुवा पोल्ने कोइलाबाट आगलागी भएको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *