ग्लोबल टिभि
बुधबार, माघ १४, २०७७
0
तिला गाउँपालिका–७ जुम्ला पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर २५ घर नष्ट भएका छन्।
सदरमुकाम जुम्ला खलङ्गादेखि ३५ किलोमिटर दूरीमा रहेको उक्त गाउँमा मङ्गलबार सुधारिएको चुल्होको पाइपबाट छतमा भएको घाँँसमा सल्केको आगो गाउँभरि फैलिएपछि २५ घर जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक युवनकुमार चौधरीले बताए।
चौधरीका अनुसार घरसँगै २० देखि २५ पशुचौपायाको जलेर मृत्यु भएको छ।
गाउँमा एउटा मात्र खानेपानीको धारा भएको र विकट भूगोलका कारण पनि ठूलो क्षति हुन पुगेको प्रजिअ थापाले बताए। आगो पूर्ण रूपमा ननिभेकाले क्षतिको यकिन विवरण आउन नसकेको प्रहरीले जनाएको छ।
Post Views: 531
Leave a Reply