मेयरको टवाइलेटमा एसी जडान
प्रकाश चैत २४- जनतालाइ राहत दिन वनेको संघीयतामाथि प्रश्नै प्रश्न उठन थालेको छ । गाउ गाउमा सिहंदरवार भनिरहदा जनता भने सिह पस्यो भन्न थालेका छन । डाडाको टुप्पामा भ्यु टावर वनाउने देखि भाग पुराउन मन्त्रालय फुटाउनेसम्मका हर्कत गर्न थालेपछि अहिले संघीयता किन चाहियो भन्न थालिएको छ । आखिर हामी कहाँ चुक्यौं त ?
शासन प्रशासनमा सहजता होस र जनताको घरदैलोमा नै सेवा पुगोस् भनेर नेपाल एकात्मक शासन प्रणालीबाट संघियतामा प्रवेश गरेको हो । एकात्मक शासन प्रणालीबाट संघीयतामा नेपाल गएको पनि पाच बर्ष भएको छ । यसपछि तिन तहका सरकार वनेका छन भने ७५१ स्थानीय तह छन ।
तर,जनताले यसपछि राहतको सास फेर्नुपर्ने ठाउमा उल्टै गाउ गाउमा सिहंदरवार नभइ सिंह पस्यो भनेर गुनासो गर्न थालेका छन । रायोको साग देखि खसी वाख्रा वेच्दा होस कि काठे पुल तर्दा नै किन नहोस भारी मात्रामा कर तिर्नुपरेपछि जनताले निसास्सिएको महशुश गरेका छन । यसपछि के नेपालमा संघिय प्रणाली खराव छ वा संघीयता सञ्चालनमा समस्या छ भनेर वहश सुरु भएको छ ।
यहि क्रममा संघीयता चाहिदैन भन्ने दल पनि जन्मिएका छन भने तिन तह मध्ये प्रदेश सरकार झिकिदिउँ भन्ने प्रस्ताव गर्ने पनि देखिएका छन । खासमा चुक कहाँ भयो ? समस्याको जड के हो ? भनेर वहश भने कम मात्र भइरहेको छ । यहि बेलामा केही विज्ञहरुले भने संघियताका सारथी कर्मचारी प्रशासनले कहाँ कमजोरी गरे भनेर औंल्याएका छन ।
पुर्वमुख्य सचिव विमल प्रसाद कोइरालाका अनुसार,नेपालमा संघीय प्रणालीमा प्रश्न उठनुमा पुरानै सोच,जनतालाइ राहत दिनुपर्छ भन्ने कर्मचारीतन्त्रमा नदेखिनु र राणा शासनको हाइरार्की अझै रहनुलाइ ठान्दछन ।
राणा,राजा हुदै गणतन्त्रसम्म आउदा शासन प्रशासनमा खास अन्तर आउन सकेको छैन । भुइमान्छेका आवाज नसुनिनु,कर्मचारीमा सेवक नभएर शासक वन्नु नै समस्याको जड वनिदिएको छ । महालेखा परिक्षक टंकमिण शर्माका अनुसार,नेपालको संघीयतामा प्रश्नै प्रश्न जन्मिनुमा तिन वटा कारण रहेका छन ।
खासमा संघीयता कसको लागि ल्याइएको हो ? यो संघियताको वारेमा यतिविघन प्रश्न किन खडा भएका छन ? नेपालले खोजेको संघीयता हो कि विकेन्द्रीकरण हो ? अहिले पनि यी सवाल गर्न छाडिएको छैन । र,नेपालको पपुलर जनमत संघीयताको विपक्षमा देखिन थालेको छ । यस्तो अवस्थामा संघीयता टिक्छ कसरी ? प्रमुख निर्वाचन आयुक्तले संघीयताको ऐंजेरुको वारेमा रोचक उदाहरण दिएका छन ।
नेपाल जतिसुकै संघीय मुलुक भएपनि अहिले पनि केन्द्रको अधिनस्थमा प्रदेश रहेको छ भने प्रदेशको अधिनस्थमा स्थानीय तह रहेको छ । जनतालाइ राहत दिन भन्दा पनि झण्डावाल गाडी चढन प्रदेशका मन्त्रालय फुटाउने,सांसद अपहरण गर्ने,मन्त्रीले कर्मचारी कुटने,मेयरको टवाइलेटमा समेत एसी जडान गर्ने,पहाडमा पजेरो कुदाउने,वासको फटके चढदा कर तिर्नुपर्ने,डाडाको टुप्पामा भ्यु टावर वनाउन थाले पछि मानिसहरु आक्रोशित भएका हुन । अब दल,कर्मचारी प्रशासनले आफनो ब्यवहार नसच्याए संघीयता माथिको सवाल ववाल भएर उठनेछ ।
Leave a Reply