यातायातका कर्मचारी घुस सहित पक्राउ

 ग्लोवल टि.भी.      बुधबार, माघ १४, २०७७      0

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था कार्यालय जनकपुरधाममा दुई लाख ७३ हजार ८५० रुपैयाँ घुससहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कार्यालय सहयोगी भोगेन्द्र कापरसमेत २ जना रहेका छन्।

कापरको कोठामा खानतलासी गर्दा २ लाख २३ हजार ८ सय ५० र परीक्षार्थीहरुको पैसा बुझाउन ल्याएको भनिएका जनकपुर उपमहानगरपालिका १० बस्ने बिचौलिया राजकिशोर भगतको साथबाट समेत परीक्षार्थीहरुको नाम र दर्ता नं भएको कागजातसहित ५० हजार रकम बरामत गरेको अख्तियारका सहायक प्रवक्ता वेदपूसाद भण्डारीले जानकारी दिए ।

दुबैलाई उक्त रकमसहित यातायात व्यवस्था कार्यालय जनकपुरधामको कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *