जुम्ला अपडेट : आगलागीबाट ३२ घर र ७० पशु चौपाया जलेर नष्ट

 ग्लोवल टि.भी.      बुधबार, माघ १४, २०७७      0

जुम्लाको तिला गाउँपालिका-७, पोखरीस्थित गोठीगाउँमा मंगलबार बेलुकी भएको भीषण आगलागीबाट ३२ घर र ७० पशु चौपाया जलेर नष्ट भएका छन् ।

आगलागीबाट ३२ घर जल्नुका साथै १७ गाई, २३ गोरु र ३० बाख्राको मुत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन । स्थानीय परबहादुर रोकायको घरमा खाना पकाउने चुलोको पाइपबाट आगोको झिल्का निस्केर छानामा सल्किएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दाको सहयोगमा आगो पूर्णरुपले नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

आगलागीबाट करिब तीन करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएपनि पूर्ण विवरण भने आइनपुगेको डीएसपी काफलेले बताए ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *