बस दुर्घटना हुँदा १५ जना घाइते

 ग्लोवल टि.भी.      शुक्रबार, माघ १६, २०७७      0

मकवानपुरको बकैया गाउँपालिका–४, छतिवनमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

घाइतेहरुको छतिवनस्थित प्रहरी चौकी हात्तिसुँढेमा प्राथमिक उपचार गरिएको थियो । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ । गम्भिर घाइते ७ जनालाई थप उपचारका लागि हेटौंडा रिफर गरिएको छ । गम्भिर घाइते भएकाहरुको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको इलाका प्रहरी कार्यालय फापरबारी र प्रहरी चौकी छतिवनका प्रहरीले उद्धार गरेका थिए । दुर्घटना भएको स्थान मकवानपुर सदरमुकाम हेटौंडाबाट करिब २८ किलोमिटर पूर्वमा पर्दछ ।

शुक्रबार विहान करिब नौ बजेको समयमा धरान–चतरा सडकखण्डको छतिवनमा बस अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार मकवानपुरको धियाँलबाट हेटौंडा बजारतर्फ आइरहेको ना.३ ख ३३४४ नम्बरको बस दुर्घटना भएको हो ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *