स्रोत नखुलेको नगदसहित पाँचजना पक्राउ

 ग्लोबल टिभि           0

काठमाडौं महानगरपालिका–२२, न्यूरोडबाट स्रोत नखुलेको ३८ लाख ७ हजार रुपैयाँ नगदसहित पाँचजना पक्राउ परेका छन् । उनीहरुको साथबाट २२ लाख आठ हजार १ सय ५० रुपैयाँ लेखिएका २४ थान चेकसमेत बरामद भएको छ ।

पक्राउ पर्नेहरुमा हुम्लाको सर्केगाड गाउँपालिका–१ घर भएका २७ वर्षीय नवराज रावत, २८ वर्षीय सञ्जय बुढा, ३० वर्षीय गोपाल रावत, मकवानपुरको थाहा नगरपालिका–११ बस्ने २७ वर्षीया सानुमाया तमाङ र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ बस्ने २७ वर्षीय भीमसेनबहादुर तमाङ रहेका छन् ।

नीहरूलाई आवश्यक कारबाहीको लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुल्चोक पठाइने वृत्तले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *