भरतपुर मेयरको टिकट कांग्रेसले पाउनुपर्ने २९ वडाअध्यक्षको निर्णय

मेयर नपाए विद्रोह गर्ने , सबै वडामा स्वतन्त्र उम्मेदवारी दिने

 ग्लोबल टिभि      मङ्लबार, चैत्र २९, २०७८      0

चैत २९- चितवनको भरतपुर महानगरपालिकास्थित कांग्रेसका सबै वडा सभापतिहरूले आगामी स्थानीय निर्वाचनमा मेयरको टिकट कांग्रेसले पाउनु पर्ने निर्णय गरेका छन्।

जिल्ला पार्टी कार्यालयमा भरतपुर महानगरका २९ मध्ये २५ वडाका कांग्रेस सभापतिको बैठकले यस्तो निर्णय लिएको हो।

उक्त बैठकले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा भरतपुरको मेयर कांग्रेसले नै पाउनु पर्ने यदि नपाएमा विद्रोह गर्ने निर्णय गरेको हो।

बैठकमा सहभागी वडा नम्बर १५ का कांग्रेस सभापतिले राजेन्द्र शाँखीले भरतपुरको मेयरको टिकट अरू दललाई दिने निर्णय केन्द्रले गरेर पठाए नमान्ने बताए।

कांग्रेस चितवन जिल्ला कार्यसमितिले पनि भरतपुरको मेयर लिएर सत्तारूढ गठबन्धनका दलसँग तालमेल गर्ने निर्णय गरेको छ ।

केन्द्रले जबरजस्ती अरू दललाई मेयरको टिकट दिने निर्णय गरे त्यसको विरोधमा हरेक वडामा अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिने कांग्रेसको तयारी छ ।

वडा सभापतिहरूले गरेको निर्णय जिल्ला सभापति राजेश्वर खनाललाई बुझाइसकेका छन्।

अन्य चारवटा वडाका सभापति प्राविधिक कारणले बैठकमा नआए पनि निर्णयमा उनीहरूले समर्थन जनाएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *