ग्लोबल टिभि
शुक्रबार, माघ १६, २०७७
0
सहिद दिवसको अवसर पारेर काठमाडौंको शोभाभगवतीमा धर्ना दिइएको छ ।
‘सहिदहरुको बलिदानको सम्मान, लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षण र प्रवर्द्धनका लागि’ भन्दै गणेशमान सिंह अध्ययन प्रतिष्ठानले धर्ना कार्यक्रमको आयोजना गरेको हो ।
धर्नामा सहभागीहरुले शोभाभगवतीमा रहेको सहिद दशरथ चन्द र गंगालाल श्रेष्ठको सालिकमा फूलमाला लगाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
धर्नामा नेपाली कांग्रेसका नेता–कार्यकर्ता सहभागी थिए । धर्नामा कांग्रेसका नेता नवीन्द्रराज जोशीले ओलीको नेतृत्वमा सरकार बनेदेखि नै सहिदहरुको वलिदानबाट उपलब्धिमाथि प्रहार हुन थालेको तर्क गरे।
त्यस्तै उनले राज्यको सबै संस्थाहरुमाथि निरन्तर आक्रमण गरेर प्रधानमन्त्री ओलीले राज्य सञ्चालन प्रणाली नै कमजोर बनाएको आरोप लगाए।
Post Views: 1,122
Leave a Reply